‘अभिमन्यु’ को गीत ‘लड्की गोरी’ मा जुनाको आइटम डान्स
सारांश
- चलचित्र 'अभिमन्यु : च्याप्टर-१' को नयाँ गीत 'लड्की गोरी' सार्वजनिक भएको छ, जसमा आइटम डान्स जुना सुन्दासको रहेको छ।
- भोजपुरी लवजमा रहेको गीतमा प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको स्वर रहेको छ, भने संगीत संयोजन विषम आचार्यले गरेका छन्।
- चलचित्र भदौ २७ गते रिलिज हुनेछ, र यसले पैसाको प्रलोभनमा फसेका व्यक्तिको संघर्षको कथा भन्नेछ।
काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएकाे हो ।
गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् ।
गीतमा आइटम डान्स जुना सुन्दासको छ भने कोरियोग्राफी रोहन विश्वकर्माको छ । गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ ।
नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एक अर्काप्रतिको चाहना गीत र भिडियोमा देख्न सकिन्छ ।
चलचित्रमा तराईकाे भूमिका पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ ।
हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वर्ल्ड वाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको सङ्घर्षको कथा भन्ने बताइएको छ । पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’ मा शरद महतोको डीओपी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण