राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा आराधना
शनिबार, ३१ साउन २०८२, १६ : ३६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी प्रसाद ग्रहण गरे।
- राष्ट्रपति पौडेल श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रथम महिलासहित कृष्ण मन्दिर पुगेका थिए।
- ललितपुर महानगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए।
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित कृष्ण मन्दिर पुगेका हुन् ।

राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरले संसद्मै लगाए ‘सरकार मुर्दावाद’को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण