ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई उपचारका लागि नजरबन्द नगर्न अदालतबाट स्वीकृति
सारांश
- ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई स्वास्थ्य उपचारका लागि नजरबन्दबाट मुक्त गरिएको छ।
- बोल्सोनारोलाई सन् २०२२ को चुनावमा सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप लागेको थियो।
- बोल्सोनारोमाथि 'कू' को अभियोगमा सेप्टेम्बर २ मा फैसला हुनेछ, जसमा दोषी ठहरिए ४० वर्ष जेल सजाय हुनसक्छ।
ब्राजिल । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले सर्वोच्च अदालतले उनलाई ‘कू’ को षडयन्त्र रचेको अभियोगमा दोषी भए नभएको सुनसुवाईपछि फैसला गर्नुभन्दा केही हप्ताअघि स्वास्थ्य उपचारका लागि शनिबार नजरबन्दको अवस्थाबाट स्वतन्त्र छाडिदिन स्वीकृति दिएको छ ।
सन् २०२२ को चुनावमा ब्राजिलका वर्तमान वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भासँग पराजित भए पनि पूर्व राष्ट्रपति बोल्सोनारोमाथि सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप लागेको थियो ।
सामाजिक सञ्जालको प्रयोग गरेर जनतासमक्ष आफ्नो मुद्दा राख्न नपाउने न्यायिक प्रतिबन्धको उल्लङ्घन गरेका ७० वर्षीय बोल्सोनारोलाई अगस्टको सुरुदेखि नै नजरबन्दमा राखिएको थियो ।
बोल्सोनारोका वकिलले सन् २०१८ मा राष्ट्रपति पदका लागि चुनाव प्रचारका क्रममा भएको छुरा प्रहारबाट उत्पन्न ‘ग्यास्ट्रो इन्टेस्टाइनल’ समस्याका कारण चिकित्सकीय उपचार प्राप्त गर्न एक न्यायाधीशले उक्त उपायलाई अस्थायी रूपमा हटाउन सहमति जनाएका हुन्।पूर्वराष्ट्रपतिका कानुनी सहयोगीले बोल्सोनारोको पुरानो ‘रिफ्लक्स’ र बाडुलीका लक्षणहरू’ उल्लेख गर्दै आन्द्राको इन्डोस्कोपीसहित परीक्षणको लागि अस्पताल जान आवश्यक रहेको अदालतमा गरिएको अपिलमा उल्लेख छ ।
बोल्सोनारो शनिबार बिहान राजधानी ब्रासिलियाको एक मेडिकल सेन्टरमा पुगी ब्राजिल, इजरायल र अमेरिकी झण्डासहित आफूलाई पर्खिरहेका करिब २० जना समर्थकलाई अभिवादन गरी बिदा भएका थिए ।
उनले भेला भएका पत्रकारसँग पनि केही कुरा गरेनन्।
अदालतले बोल्सोनारोलाई आठ घण्टा अस्पताल मै बस्न अनुमति दिएको थियो भने उनी त्यसपछि ब्रासिलियास्थित आफ्नो निवासमा फर्किएका थिए।
ब्राजिलको सर्वोच्च अदालतले सन् २०१९ देखि २०२२ सम्म ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो देश ब्राजिलको नेतृत्व गरेका बोल्सोनारोविरुद्ध लगाइएको ‘कू’ को अभियोगमा सेप्टेम्बर २ मा फैसला गर्ने भएको छ ।
दोषी ठहरिएमा उहाँलाई ४० वर्षको जेल सजाय हुनसक्छ ।
बोल्सोनारोले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक पूर्वाग्रह राखी बोल्सोनारोमाथि मुद्दा चलाइएको भन्दै उनको समर्थन र वर्तमान सरकारको विरोधमा ब्राजिलमाथि कर लगाउने निर्णय गरेका छन् ।
बोल्सोनारोको ‘राजनीतिबाट प्रेरित उत्पीडन’ को हवाला दिँदै ट्रम्पले ब्राजिलका धेरै आयातमा ५० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण