लुम्बिनी प्रदेशमा स्मार्ट रिफ्रेस सेन्टर : ५ वर्षसम्म पनि पहिलो चरणको काम सकिएन
सारांश
- लुम्बिनी प्रदेश सरकारले पूर्व-पश्चिम राजमार्गमा स्मार्ट रिफ्रेस सेन्टर निर्माण सुरु गरेको ५ वर्षसम्म पहिलो चरणको काम पनि पूरा गर्न सकेको छैन।
- रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रिफ्रेस सेन्टर निर्माणको पहिलो चरणको काम सुरु भए पनि अझै पूरा हुन सकेको छैन, जग्गा अभाव र बजेटको समस्या रहेको छ।
- सेन्टर सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भए पनि कार्यविधि निर्माण हुन सकेको छैन, र दोस्रो चरणको कामको लागि बजेटको अभाव छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत तीन जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर निर्माणको काम थाले पनि पाँच वर्षसम्म पहिलो चरणको काम पनि सक्न सकेको छैन ।
प्रदेश सरकारले रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा रिफ्रेस सेन्टर निर्माण थालनी गरेको थियो ।
लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेलले परियोजनाअन्तर्गत पहिलो चरणको निर्माणको काम पूरा हुन लागे पनि कार्यविधि बनाएर स्थानीय तहलाई बुझाउन अझै समय लाग्ने बताए ।
२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व–पश्चिम राजमार्गमा लामो दूरीको यात्रामा गाडी रोक्ने, स्वास्थ्यकर खाना, नास्ता र केही समय आराम गर्ने गरी ५ स्थानमा रिफ्रेस सेन्टर निर्माणको सुरुवात गरेका थिए ।
तर, अन्य दुई ठाउँमा जग्गा अभावका कारण ठेक्का लाग्न सकेको थिएन । रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा निर्माणको पहिलो चरणको काम सुरु भए पनि अझैसम्म पूरा हुन सकेको छैन ।
दाङ देउखुरीको लमहीमा वनले जग्गा दिन नमान्दा ठेक्का लागे पनि काम हुन पाएको थिएन । बर्दियामा जग्गा व्यवस्थापन नहुँदा स्मार्ट रिफ्रेस सेन्टरको काम सुरु नै नभएको लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
कुनको अवस्था कस्तो छ ?
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने गरी निर्माण थालिएका रिफ्रेस सेन्टरअन्तर्गत कपिलवस्तुको चन्द्रौटामा पहिलो चरणको कामको ठेक्का सम्पन्न भएको कपिलवस्तु खानेपानी कार्यालयका प्रमुख प्रकाश केसीले बताए ।
उनका अनुसार पहिलो चरणको ठेक्कामा रिफ्रेस सेन्टरको भवन, शौचालय, पर्खाल र बोरिङ गाड्ने काम भएको छ ।
परियोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भए पनि सोअनुसारको कार्यविधि अझै निर्माण भएको छैन । पहिलो चरणको कामको ठेक्का भए पनि परियोजनाको लक्ष्यअनुसार दोस्रो चरणको काम गर्न बजेट न्यून भएको प्रमुख केसीले रातोपाटीलाई बताए । यहाँ पहिलो चरणमा ४ करोड २ लाख ६७ हजार ६६१ रुपैयाँको ठेक्का लगाइएको थियो ।

रुपन्देहीको सैनामैनामा निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा छ । भीमेश्वर मामा जेभीले पहिलो चरणमा २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैनास्थित पीपलडाँडामा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का लिएको थियो ।
एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सेन्टरको पहिलो चरणको भौतिक काम सकिए पनि दोस्रो चरणको काम नहुँदासम्म सञ्चालन गर्न नसकिने उक्त परियोजना हेर्ने खानेपानी कार्यालय, योगीकुटी रुपन्देहीका प्रमुख इन्जिनियर राजकुमार चौधरीले बताए ।
उनले बाँकी रहेका केही सामान्य काम गर्नका लागि अहिले १२ लाख रुपैयाँ बजेट रहेको र हस्तान्तरणका लागि रङरोगन लगायतका काम गरेर स्थानीय तहलाई बुझाउने बताए ।
यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन हाताभित्र रिफ्रेस सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेशका स्मार्ट रिफ्रेस सेन्टरमा दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण र चार्जिङ स्टेसन बनाउने योजना छ । तर, पहिलो चरणको काम सम्पन्न भएपछि स्थानीय तहलाई सञ्चालनको जिम्मा दिने र दोस्रो चरणको काम गर्न प्रदेश सरकारले बजेट प्रदान गर्ने योजनामा प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालय रहेको छ ।
पहिलो चरणको कामको लागि २०७७ चैत ११ गते सम्झौता भई कोजु इन्जिनियरिङ–सञ्जय जेभी, काठमाडौँले ३ करोड ३८ लाख २६ हजार ६१९ रुपैयाँमा उक्त सेन्टर निर्माणको ठेक्का लिएको थियो ।
नवलपरासी खानेपानी कार्यालयका प्रमुख प्रकाश न्यौपानेले नवलपरासीमा पहिलो चरणको काम सम्पन्न भएको बताए । उनका अनुसार, बर्दघाटमा सेन्टरको भवन, शौचालय र पानीका लागि बोरिङ गाड्ने काम सम्पन्न भएको छ ।
अब यहाँ पहुँचमार्ग, पार्किङ र बगैँचा निर्माण गर्न १९ लाख बजेट विनियोजित भएको छ । यसमा बर्दघाट नगरपालिकाका प्रमुखले पनि चासो दिएकाले अब पहुँचमार्ग निर्माण हुनासाथ हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।

प्रदेशका स्मार्ट रिफ्रेस सेन्टरमा दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण र चार्जिङ स्टेसन बनाउने योजना छ । तर, पहिलो चरणको काम सम्पन्न भएपछि स्थानीय तहलाई सञ्चालनको जिम्मा दिने र दोस्रो चरणको काम गर्न प्रदेश सरकारले बजेट प्रदान गर्ने योजनामा प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालय रहेको छ ।
बुटवल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले अहिले पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा रिफ्रेस सेन्टर अतिआवश्यक रहेको उल्लेख गर्दै त्यसलाई छिटो सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्ने बताए ।
उनले रिफ्रेस सेन्टर नहुँदा कतिपय ठाउँमा यात्रुहरूले जङ्गलमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको बताए । यस्तै, चालकलाई केही समय आराम गर्ने ठाउँको अभाव छ । पार्किङको पनि उस्तै समस्या रहेको उनले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण