चाडपर्वमा क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही हुनुपर्छ : सांसद ज्वाला
काठमाडौँ । सांसद प्रकाश ज्वालाले दसैँ–तिहार जस्ता चाडपर्वमा सर्वसाधारणले हरेक वर्ष भोग्नुपरेको यातायातको सकस अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा बोल्दै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले यातायात व्यवसायीहरूले मनोमानी भाडा बढाउने, बिचौलियाले टिकटको कालोबजारी गर्ने र क्षमताभन्दा बढी यात्रु (ओभरलोड) बोक्ने जस्ता समस्यालाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्न माग गरे ।
‘बसपार्कमा मात्रै अनुगमन गरेर हुँदैन। त्यहाँबाट सिटअनुसार यात्रु बोकेको बसले कलङ्की र बालाजु पुगेपछि थप यात्रु कोच्छ,’उनले भने, ’अनुगमन रुटभरि नै हुनुपर्यो। यात्रुको जीवन सुरक्षित गर्ने कुरा पहिलो प्राथमिकता हो ।’
उनले भाडा समायोजनलाई वैज्ञानिक बनाउन स्वचालित प्रणाली (अटोमेसन) मा लैजानुपर्ने र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।
यस्तै यी समस्याहरू भौतिक पूर्वाधार मन्त्रालयको मात्रै नभई गृह मन्त्रालय लगायत अन्य निकायसँग पनि सम्बन्धित भएकाले समन्वयात्मक रूपमा काम गर्न सांसद ज्वालाले आग्रह गरे ।
साथै उनले सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा ऐन’ तत्काल ल्याउन पनि सरकारलाई दबाब दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण