सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना
सारांश
- रुसले सन् २०३६ भन्दा अघि भेनेरा-डी मिसनमार्फत शुक्र ग्रहमा पुनः भ्रमण गर्ने योजना बनाएको छ।
- यो परियोजना नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो र यसको डिजाइन कार्य २०२६ जनवरीबाट सुरु हुनेछ।
- मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछन्।
भ्लाडिभोस्टोक । रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ ।
यो परियोजना अब देशको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आइकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीबाट सुरु हुनेछ ।
मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएसनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने उनले बताए ।
कोराबलेभका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । उनले भने, “तर यो निश्चय नै हालको योजना अवधिभित्र हुनेछ, सन् २०३६ भन्दा पछि होइन ।”
भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ । यस वर्षको सुरुआतमा आइकेआईका वैज्ञानिक निर्देशक लेभ जेलेनीले पनि यो मिसन सन् २०३४ वा सन् २०३५ अघि प्रक्षेपण हुने सम्भावना कम रहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण