इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण
सारांश
- श्रम मन्त्रालयले इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत गरेको छ।
- उच्च अदालत पाटनको आदेशअनुसार विज्ञ समितिको सिफारिसमा यी स्वास्थ्य संस्थाहरू छानिएका हुन्।
- सूचीकरणमा स्टार हस्पिटल, ह्याम्स अस्पताल लगायतका स्वास्थ्य संस्थाहरू छन्, तर नेपाल मेडिसिटीको प्रक्रिया स्थगित गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ ।
उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेशअनुसार विज्ञ समितिको सिफारिसका आधारमा चारवटा स्वास्थ्य संस्था सूचीकरण गरिएको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
सूचीकरणमा परेका स्वास्थ्य संस्थाहरुमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा. लि. छन् ।
नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।
उच्च अदालत पाटनले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश आदेश दिएको थियो । आदेशअनुरूप मन्त्रालयले चार संस्थालाई मात्र सूचीकरण गरी एक संस्थाको प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण