पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ
पोखरा । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित भएको उदघाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको सहभागिता रहेको थियो ।
बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (CI/VI) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको कम्पनीको भनाइ छ । शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउनेछ पनि साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
उनले भने ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण