४५ किमी घट्दै सिद्धार्थ राजमार्गको दुरी, साढे २ घण्टामै पार गर्न सकिने
सारांश
- गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गको दुरी घटाउने परियोजना सुरु भएको छ।
- परियोजनाले सडकको दुरी ४५ किलोमिटर घटाउनेछ, जसमा २३ किलोमिटर सुरुङ मार्ग रहनेछ।
- यो परियोजना एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैकको सहयोगमा बन्नेछ, जसले यात्रा समय घटाउनेछ।
पोखरा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्त्वपूर्ण सडक सिद्धार्थ राजमार्गको दुरी घटाउने परियोजना सुरु भएको छ । २०२८ सालमा निर्माण सकिएको उक्त सडकको सुधार परियोजना अन्तर्गत अध्ययन सकिएको छ ।
वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त परियोजनापछि हाल १ सय ५७ किलोमिटर रहेको सडक १ सय १२ किलोमिटरमा झर्ने छ । जसअनुसार ४५ किमी दुरी घट्ने सडकको २३ किलोमिटरको सुरुङ मार्ग रहनेछ भने केही नयाँ सडक मार्ग निर्माण हुनेछ ।
अहिले झन्डै ६ घण्टा लाग्ने यो सडक खण्डको यात्रा स्तरोन्नति पछि साढे २ घण्टामा झर्ने अध्ययनले देखाएको छ ।
परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैकले चासो देखाएको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर वायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्ने योजना छ ।
सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिन्स सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने योजना रहेको अध्ययनमा संलग्न स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टले जनाएको छ । त्यसैका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग भेटघाट र स्थलगत अवलोकन भइरहेको टोलीका प्रतिनिधि डा.तेज बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पोखराको पृथ्वीचोकदेखि हालको सिद्धार्थराज मार्ग स्याङ्जा फेदिखोलासम्म पुग्दा नयाँ एलाइनमेन्ट अनुसार दुरी र समयका हिसाबले निकै छोटो पर्नेछ । ‘अहिले स्थानीय तहसँग छलफल भइरहेको छ । स्थलगत अवलोकनको काम चलिरहेको छ,’ उनले भने, ‘अध्ययन सकिएपछि निर्माण चरणमा जान्छ । जे होस्, स्तरोन्नति सकिएपछि सडक निकै घट्नेछ ।’ अध्ययन टोलीले पोखराका मेयर धनराज आचार्यसँग पनि भेट गरेका छन् । भेटका क्रममा मेयर आचार्यले पालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण