युक्रेनले क्रिमिया फिर्ता पाउँदैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटघाट हुँदैछ।
- ट्रम्पले सामाजिक सञ्जालमा रुससँगको युद्धबारे युक्रेनको भूमिकाबारे टिप्पणी गरेका छन्।
- जेलेन्स्कीसँगको बैठकमा विभिन्न युरोपेली नेताहरूको सहभागिता रहनेछ।
वासिङ्टन डीसी । आज ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले भेट्दैछन् । यो भेटअघि ट्रम्पले रुस र युक्रेनबिच चलिरहेको युद्धमा आफ्नो अडान स्पष्ट पारेका छन् ।
‘युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेमा तुरुन्तै रुससँगको युद्ध समाप्त गर्न सक्छन्, वा लडाइँ जारी राख्न सक्छन्’ आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा एउटा पोस्टमा उनले लेखेका छन् ।
उनले अझ अगाडि लेखेका छन्– ‘यो कसरी सुरु भयो भनेर सम्झनुहोस् । ओबामाको तर्फबाट दिइएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले, एक गोली नचलाईकन!), अनि युक्रेन नाटोमा पनि सामेल हुनेछैन । केही कुराहरू कहिल्यै परिवर्तन हुने छैनन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको यस बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रो, नेटो महासचिव मार्क रुट र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण