शंकर पोखरेल भन्छन्– दुई कारणले तत्काल संविधान संशोधन सम्भव छैन
सारांश
- एमाले महासचिव शंकर पोखरेलले फागुनपछि मात्र संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए।
- उनले राष्ट्रिय सभा निर्वाचनअघि संविधान संशोधन नहुने र सरकारका दलहरू सकारात्मक नभएको बताए।
- पोखरेलका अनुसार, राष्ट्रिय सभामा बहुमत सुनिश्चित नभएको र अस्थिरताको चुनौती रहेकोले संशोधन आवश्यक छ।
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुनपछि मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन् । कैलालीको धनगढीमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सभा निर्वाचनअघि संविधान संशोधन नहुने बताएका हुन् ।
संविधान संशोधनकै लागि कांग्रेस र एमाले सरकारमा गएको भन्दै पोखरेलले दुई कारणले संशोधन अहिले सम्भव नभएको जिकिर गरे ।
‘एकातिर सरकारले अगाडि सारेको मुद्दामा छलफल गर्न सरकारमा रहेका दलहरू त्यति धेरै सकारात्मक भइसकेका छैनन् । वातावरण बनाउनुपर्यो । वातावरण नबनीकन संविधान संशोधन गर्ने मुद्दामा एकैचोटी प्रवेश गर्नु उचित हुँदैन । अर्कोतिर राष्ट्रियसभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत समेत सुनिश्चित छैन । ५/६ महिनामा १९ सिट खाली हुन्छ । त्यसपछि दुवै दल मिलेर सफलता प्राप्त गर्न सकिन्छ । अनुकूलता निर्माण गर्छौँ । त्यसपछि हामी संविधान संशोधनको विषयमा व्यवस्थित ढङ्गले प्रवेश गर्छौँ ।’
उनले संविधान संशोधनपश्चात् अस्थिरताको जे चुनौती छ, त्यो हटाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण