नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक
काठमाडौँ । टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त फ्रन्ट–लोड वासर ड्रायर सार्वजनिक गरेको छ। सबै–इन–वन स्वरूपमा आएको यो उपकरणले धुलाई र सुकाउने सुविधा एउटै मेसिनमार्फत उपलब्ध गराउँदै घरायसी धुलाई प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ।
१० केजी धुलाई र ७ केजी सुकाउने क्षमतासहितको C7110WDG मा स्मार्ट डीडी मोटर, हनीकम्ब ड्रम, दाग हटाउने प्रणाली, एयर वास, स्टीम वास, एन्टी–माइट्स चक्र र रङ्गीन स्क्रिन जस्ता नवीन सुविधाहरू छन्। यसले कपडालाई क्षति हुनबाट जोगाउने, ब्याक्टेरिया तथा एलर्जी कारकहरूलाई हटाउने, गन्ध नियन्त्रण गर्ने र उच्च स्तरको स्वच्छता सुनिश्चित गर्ने दाबी कम्पनीले गरेको छ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपालमा उपलब्ध गराइएको यो मेसिनले परिवारको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्मार्ट, भरपर्दो र उपयोगमैत्री धुलाई अनुभव प्रदान गर्ने TCL को भनाइ छ। कम्पनीले आफ्नो विश्वव्यापी सन्देश “Inspire Greatness” अनुसार नवप्रवर्तनमार्फत उपभोक्तालाई सुविधा पुर्याइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण