पार्टीकै मन्त्रीको प्रस्तावमा विद्या भट्टराईको प्रश्न– कुन सैद्धान्तिक र कानुनी आधारमा ल्यायौँ
सारांश
- एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्रालयको २.५ प्रतिशत आवास सुविधाको प्रस्तावमा आपत्ति जनाइन्।
- सांसद भट्टराईले २.५ प्रतिशत छात्रवृत्ति दिने प्रस्तावको सैद्धान्तिक र कानुनी आधारबारे प्रश्न गरिन्।
- समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल चलिरहेको छ, जसमा निजी विद्यालयको छात्रवृत्ति सम्बन्धी विषयमा विवाद छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिन गरेको प्रस्तावमा एमाले सांसद विद्या भट्टराईले आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा आफ्नै पार्टीका मन्त्री रघुजी पन्त रहेको मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिन गरेको प्रस्तावमा प्रश्न उठाएकी हुन् । सांसद भट्टराईले प्रश्न गर्दै भनिन्– ‘२ दशमलव ५ प्रतिशत छात्रवृत्ति दिने प्रस्ताव कुन सैद्धान्तिक र कानुनी आधारमा ल्यायौँ ।’
भट्टराई निवर्तमान शिक्षामन्त्रीसमेत हुन् । छलफलमा सांसद डिगबहादुर लिम्बूले यो विषय प्रगतिशील ढङ्गले टुङ्गो लगाउनुपर्ने बताए । सांसद सुमना श्रेष्ठले आवासीय सुविधा भएको विद्यालय कति छ भनेर प्रश्न गरिन् ।
‘मन्त्रालयको २.५ प्रतिशत आवास सुविधामा गृहकार्य पुगेन । यो हेपाहा प्रवृत्ति भयो । हामीलाई स्वीकार्य छैन । नियमावलीमा राखिए भने पनि यो विषय कार्यान्वयन हुँदैन ।’
समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ । विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिने विषय विवादित छ । त्यो विवाद समाधानका लागि मन्त्रालयले ल्याएको प्रस्तावमा सांसदहरूले असन्तुष्टि जनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण