कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, ०२ भदौ २०८२, १७ : २९
सारांश
- कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले खानेपानी तथा सरसफाई विधेयक प्रमाणीकरण गरे।
- विधेयक प्रमाणीकरणले प्रदेशमा खानेपानी र सरसफाइको व्यवस्थापनका लागि कानुनी आधार तय गर्यो।
- विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको हो।
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाबाट पारित भएको 'कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२' प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमुख खापुङ्गले विधेयक प्रमाणीकरण गरेका हुन् ।
यससँगै कोशी प्रदेशमा खानेपानी तथा सरसफाईसम्बन्धी नीति, कार्यक्रम र व्यवस्थापनका लागि कानुनी आधार सुनिश्चित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण