उपसभामुख हटाउने चर्चा, के भन्छन् रास्वपाका नेताहरू ?
सारांश
- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन आकस्मिक बैठक बोलाएका छन्।
- रास्वपाले कांग्रेस र एमालेको यो कदमको विरोध गर्ने तयारी गरेको छ, र यसलाई गम्भीर रूपमा लिएको छ।
- उपसभामुख हटाउने प्रयासबारे रास्वपाले थप बुझ्ने र सशक्त प्रतिवाद गर्ने बताएको छ।
काठमाडौँ । सरकारका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले आ–आफ्ना दलको आकस्मिक बैठक बोलाएको चर्चा चलेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचेततापूर्वक विरोध गर्ने तयारी गरेको छ ।
सरकारको नेतृत्व गरेको एमालेले बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले दिउँसो २ बजे पदाधिकारी तथा सांसदहरूको बैठक बोलाएको छ । एकै दिन दुई दलले आकस्मिक बैठक बोलाएकोमा रास्वपाले गम्भीर रूपमा लिएको छ ।
यद्यपि उपसभामुखको विषयमा निर्णय लिन हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि हुने आधार नभेटिएकाले बैठक नबोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यदि उपसभामुखलाई नै हटाउने कांग्रेस र एमालेको तयारी हो भने त्यसको सशक्त रूपमा प्रतिवाद हुने उनले बताए ।
‘हामीले पनि मिडिया मार्फत जानकारी पाएका हौँ । पुष्टि हुने कुनै आधार भेटिएको छैन । यसबारे थप बुझ्दै छौँ । यदि उपसभामुखलाई हटाउन खोजिएको हो भने हामी त्यसको सशक्त प्रतिवाद गर्छौँ’, उनले भने ।
आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद् बाधक भएको हुनाले फेरि उपसभामुख हटाउन चलखेल गरेको हुन सक्ने रास्वपाका अर्का सांसद शिशिर खनालले अनुमान गरे । उपसभामुख हटाउने अभियानमा गत वर्ष नै कांग्रेस र एमाले लागेको भए पनि असफल भएको भन्दै उनले फेरि यो मुद्दा अगाडि बढाउनुको उद्देश्यबारे आफूहरूले बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।
कांग्रेस र एमालेले रानालाई हटाउन गत भदौमै सांसदहरूको हस्ताक्षर सङ्कलन गरिएको भए पनि सत्ता समर्थक दल जसपा नेपाल र जसपाले असहयोग गरेपछि स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण