फिल्म अभिनयमा डेब्यु गर्दै साइग्रेस पोखरेल
सारांश
- नयाँ मोडल तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर साइग्रेस फिल्म 'आ बाट आमा' बाट अभिनयमा डेब्यु गर्दैछन्।
- चन्द्र पन्तको निर्देशन रहने फिल्म भदौ १२ गतेबाट छायाङ्कन सुरु हुने भएको छ।
- उषा उप्रेती, पल शाह, विपना थापा र प्रदीप रावत लगायतका कलाकारहरू फिल्ममा रहनेछन्, र यो आगामी फागुन १५ गते रिलिज हुनेछ।
काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार भित्रिने क्रम बढ्दो छ । यस्तैमा मोडल तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर पनि फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । फिल्म ‘आ बाट आमा’बाट उनी अभिनयमा देखिन लागेका हुन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म उनी कलाकारको रूपमा अनुबन्धित भैसकेका छन् । निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको जनाएको छ ।
चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथा रहेको फिल्म भदौ १२ गतेबाट छायाङ्कनमा निस्किँदै छ । त्यस कारण निर्माण पक्षले फिल्मको लागि कलाकार तथा प्राविधिक पक्षलाई धमाधम फिल्ममा अनुबन्ध गरेको हो ।
साइग्रेसलाई अनुबन्ध गर्नु केही दिनअघि यस फिल्मका लागि मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई अनुबन्ध गरिएको थियो । अब यस फिल्ममा साइग्रेस, उषाका अलवा पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको यस फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्। यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा क्षितिज ढुङ्गाना रहेका छन्। फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण