वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको निधन
वरिष्ठ गीतकार तथा सामाजिक अभियन्ता प्रेमविनोद नन्दनको आइतबार (भदौ १ गते) राति चितवनमा निधन भयो । उनी पछिल्ला केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए ।
१९९२ जेठ १९ गते तनहुँमा जन्मेका नन्दनको कविता, गीत र गजल गरी सात कृति प्रकाशित छन् । यस्तै उनले मारुनी, दोभान, गोधूलि लगायत पत्रिका सम्पादन गरेका थिए ।
उनले लेखेका उदितनारायण झा र आदित्यनारायण झाको स्वर रहेको ‘यो गाउँको ठिटो म’, कर्जा फिल्मको ‘यो नाता कस्तो’, यो दुनियाँ हो दुनियाँ साथी’, ‘ज्यानको माया नैनारेशम छ दायाँबायाँ’ लगायत गीत चर्चित छ । कान्छी फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको गीत उनी र चेतन कार्कीले संयुक्त रुपमा लेखेका थिए ।
उनले छिन्नलता गीत पुरस्कार (२०५४) प्रतिभा पुरस्कार (२०५२ चिसाप) कृष्णकुमारी गुरुङ पुरस्कार (२०६४) नारायणी प्रज्ञा पुरस्कार (२०७८) राष्ट्रिय स्रष्टा सम्मान (२०७७), नइ कोइलीदेवी पुरस्कार लगायत सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । नन्दन चितवन साहित्य परिषद्मा संस्थापक तथा अध्यक्ष थिए । यस्तै उनी नेवाः पुच (चितवन)का संस्थापक संयोजक, जनकल्याण पुस्तकालयका संस्थापक र नेपाल उद्योग वाणिज्य सङ्घ (चितवन)मा उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण