हिमालदेखि महासागरसम्म सबैले स्वच्छ हावामा श्वास फेर्ने वातावरणको निर्माण गरौँ : उपाध्यक्ष घिमिरे
सारांश
- राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले जलवायु परिवर्तनका असरबारे मिलेर काम गर्नुपर्ने बताइन्।
- उनले हिन्दुकुश हिमालय क्षेत्रका साझा मुद्दाहरूमा मिलेर लड्नुपर्ने कुरामा जोड दिइन्।
- घिमिरेले सांसदहरूलाई स्वच्छ हावा र जैविक विविधता संरक्षणका लागि साझा एजेन्डा बनाउन आग्रह गरिन्।
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेन्डा बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन् ।
हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौँमा सम्बोधन गर्दै घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका मूलकहरूको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतीका विषयहरू सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताएकी हुन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित सङ्कट जस्ता विषय साझा चुनौतीका रूपमा देखापरेको उनको भनाई छ । उनले स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशीलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेन्डामा काम गर्न आवश्यक रहेको पनि बताइन् ।
उपाध्यक्ष घिमिरेले भनिन्, ‘यसका लागि सांसद सदस्यहरूको भूमिकालाई थप स्पष्ट गर्ने, समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्छ । जैविक विविधताको संरक्षण गर्नुपर्छ । जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्ने, हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरूको महत्त्वाकाङ्क्षी कदमहरू चाल्नुपर्नेछ ।’
उपाध्यक्ष घिमिरेले भूगोलले फरक ठाउँमा भए पनि समस्या साझा रहेको बताइन् । एकीकृत कानुन निर्माण गरेर समस्याहरूको सम्बोधन गर्न जरुरी रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण