खानेपानीमन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता
सारांश
- खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमीलादेवी शाक्यबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भयो।
- मन्त्री यादवले सम्झौतालाई इमान्दारीपूर्वक पालना गर्न निर्देशन दिएका छन्, र काम छिटो र प्रभावकारी बनाउन आग्रह गरे।
- सम्झौताको मुख्य उद्देश्य भनेको तोकिएको समय, लागत र गुणस्तरअनुसार खानेपानी मन्त्रालयका कार्यक्रमहरू कार्यान्वयन गर्नु हो।
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यबिच मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएको छ ।
मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेकी हुन् ।
सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिएका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मूल उद्देश्य रहेको मन्त्री यादवले बताए ।
मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउनु हुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।
सचिव बज्राचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण