भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबिच कार्यसम्पादन सम्झौता भएको छ ।
मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए ।
‘सम्झौतामा मूलभूत लक्ष्यहरू समेटिएका छन्’ मन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरूसँग सम्झौता गर्नुभएको छ, त्यही अनुसार आज मन्त्री र सचिव बिच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ ।’
गत आर्थिक वर्षमा सबैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।
सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरी कार्यसम्पादन गर्न उनको निर्देशन छ ।
यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरी कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूलाई निर्देशन दिए ।
सम्झौतामा उल्लेखित नतिजा सूचकहरू प्राप्त हुने गरी माईलस्टोन अनुसार काम गर्न शर्माले जोड दिए । गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता भएको थियो ।
सोही अनुसार मन्त्री र सचिव बिच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरू बिच सम्झौता गरिने मन्त्रालयका सहसचिव बलराम रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण