तदर्थ समितिलाई काम गर्न दिन खोलियो ओलम्पिक कमिटीको ताला
मङ्गलबार, ०३ भदौ २०८२, १५ : २२
सारांश
- सरकारले नेपाल ओलम्पिक कमिटीको ताला खोलेर तदर्थ समितिलाई काम गर्न अनुमति दिएको छ।
- अवैधानिक भन्दै सरकारले ताला लगाएकोमा, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने श्रेष्ठ नेतृत्वको कमिटीलाई मान्यता दिएको छ।
- सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला सरकारले ध्रुवबहादुर प्रधानको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो।
काठमाडौँ । तदर्थ समितिलाई काम गर्न दिन सरकारले नेपाल ओलम्पिक कमिटीको ताला खुला गरेको छ । मंगलबार तदर्थ समितिको टोलीसहित सरकार पक्ष सातदोबाटो स्थित कार्यालय पुगेर ताला खोलेको हो ।
यसअघि, जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई अवैधानिक भन्दै सरकारले भवनमा ताला लगाएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने श्रेष्ठ नेतृत्वकै कमिटीलाई वैधानिकता दिइसकेको छ ।
यता, यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले गत साउन २७ गते ध्रुवबहादुर प्रधानको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
‘हामीलाई काम गर्न दिन सरकारले ताला खोलेको हो । हामी आजदेखि काम सुरु गएका छौँ,’ समितिका प्रवक्ता समीम मियाँ अन्सारीले रातोपाटीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण