राजनीति
एमालेले बाहिर रहेका सांसदहरूलाई बोलायो काठमाडौँ
मङ्गलबार, ०३ भदौ २०८२, १५ : ४६
सारांश
- नेकपा एमालेले उपत्यका बाहिर रहेका सांसदहरूलाई बुधबार काठमाडौँ फर्किन निर्देशन दिएको छ।
- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्।
- उपसभामुख रानामगरले पदीय आचरण विपरीत काम गरेको आरोप लागेको छ।
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ फर्किन भनिएको एक सांसदले बताए ।
‘बुधबारसम्म काठमाडौँ आइसक्न भनिएको छ, त्यसैले म पनि फर्कदैछु’, काठमाडौँ बाहिर रहेका एक सांसदले भने, ‘राती १२ बजेसम्म आइपुग्छु भनेको छु ।’
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी अनुसार एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलाएको बुझिएको छ ।
मंगलबार मात्र कांग्रेस एमालेले खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । उपसभामुख रानामगरले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै हटाउन लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण