आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
तिजगीत

फेरिएको रूपमा हामी मित लाउँला

मङ्गलबार, ०३ भदौ २०८२, १६ : २२
मङ्गलबार, ०३ भदौ २०८२

मुख्य पर्व तिजमा नारी गीत गाउँला,
फेरिएको रूपमा हामी मित लाउँला ।
अतीतका कथा–व्यथा सम्झी लेखेर,
परिष्कृत रीतको गीत भनुँला ।

बालबिहेको चलन थियो पराईघर गाह्रो, 
घाँसदाउरा, वनपाखा ढिकी जाँतो साह्रो ।
छोरीलाई नपढाउने असमान कति, 
प्रौढ शिक्षा लिन पनि फुर्सद पाउनै गाह्रो ।

आमाले पकाउनुभो तिजमा मिठो दर, 
भोलिको व्रत बस्न आजै रातको दर ।
पानी पनि नपिएर व्रत बस्छन् कोही, 
स्वस्थ्य हेरफेर गरिबसौँ बनोस् आफ्नो घर ।।

ऊ बेला नि चेलीबेटी माइतै जान रमाउने,
तिज आउने दिन गन्दै आँसु चपाउने ।
कथा–व्यथा माला उन्दै सुरिलो भाकामा,
न्याउली पनि रुने गरि पाखै घन्किने ।।

गलाभरि कलाको तिजको मिठो लयमा,
तालिमविना झन् मिठो स्वर भाका गयमा ।
रातो रङमा रमाउँदै माइतीको आँगनी,
छोपिए मनका बाधा सोह्र शृङ्गार लयमा ।

नौगेडी, तिलहरी, शिरफूल जन्तरै छ,
पुरानो रूपभित्र नयाँको अन्तरै छ ।
न्यास्रोको मिठासमा माइती घर अमूल्य, 
रमाइलो तिजको नेपाली संस्कारै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शान्ता देवकोटा
शान्ता देवकोटा
लेखकबाट थप