पछिल्लो २४ घण्टामा २९ जनामा डेंगु सङ्क्रमण
काठमाडौँ । नेपालमा वर्खायाम लागेसँगै डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । एक हप्तामा मात्रै १९८ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
पुस महिनयता ३ हजार १३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) ले जारी गरेको सूचना अनुसार यस वर्ष डेंगुका कारण २ जनाको मृत्यु भएको छ ।
देशभर डेंगुको जोखिम बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा २९ जना सङ्क्रमित भएका छन् । यस्तै, देशभरका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु फैलिएको छ ।
गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । सो प्रदेशमा ८९९ जना सङ्क्रमित भएका छन् । बागमती प्रदेशमा ६५१ र कोशी प्रदेश मा ५४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्ताको तथ्याङ्कमा भने लुम्बिनी प्रदेश मा सबैभन्दा धेरै ४८ र बागमती प्रदेश मा ४३ नयाँ बिरामी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण