युवा संघ नेपालले सह–संयोजक सञ्जीव राईसँग लिखित स्पष्टीकरण माग्यो
सारांश
- युवा संघ नेपालको अनुशासन आयोगले सञ्जीव राईलाई लिखित स्पष्टीकरण पेश गर्न माग गरेको छ।
- राईलाई स्थायी समितिविपरीत गतिविधि गरेको र अवैधानिक समिति गठन गरेको आरोप लागेको छ।
- महाधिवेशन नजिकिँदै गर्दा, समितिको गठन र अधिकारसम्बन्धी विवादले संगठनभित्र तनाव बढाएको छ।
काठमाडौँ । युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगले सह–संयोजक सञ्जीव राईसँग लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ। आयोगका अध्यक्ष विकल के।सी।ले भाद्र ३ गते जारी गरेको पत्रमार्फत तीन दिनभित्र जवाफ दिन आग्रह गरेका हुन्।
पत्रअनुसार गत चैत १७ गते तत्कालीन इनचार्ज लक्ष्मण के।सी।को सिफारिसमा नयाँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरी अपानी जारी गरेको थियो। सोही समितिमा सञ्जीव राईलाई सह–संयोजक तोकिएको आयोगले स्पष्ट गरेको छ।
तर, भाद्र १ गते बसेको केन्द्रीय कार्यालय समितिको बैठकले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न स्थायी समिति गठन गर्ने निर्णय गरिसकेको अवस्थामा आयोगको निर्णय विपरीत गतिविधि भएको भन्दै राईलाई प्रश्न गरिएको हो।
अनुशासन आयोगले भनिएको छ – “स्थायी समिति तथा सम्पूर्ण संगठनको निर्णय विपरीत अवैधानिक तथा अनधिकृत रूपमा समितिको गठन हुनु संगठनको नीति विपरीत र अराजनीतिक गतिविधि हो।” यस आधारमा राईलाई तीन दिनभित्र आफ्नो लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ।
पत्रमा थप चेतावनी दिँदै भनिएको छ कि तोकिएको समयमा स्पष्टीकरण पेश नगरे वा प्रस्तुत स्पष्टीकरण सन्तोषजनक नभएमा संगठनको विधान, विधि र प्रक्रिया विपरीत कार्य गरेको ठहर भई आवश्यक अनुशासनात्मक कारबाही गरिनेछ।
यस घटनाले संगठनभित्र आन्तरिक विवाद अझ चर्किएको देखिन्छ। महाधिवेशन नजिकिँदै गर्दा समितिहरूको गठन, अधिकार र प्रक्रियासम्बन्धी विवादले संगठनभित्र तनाव थपिने अनुमान गरिएको छ।
यता, दोस्रो पक्षले वरिष्ठ नेता झलनाथ खनालले आफ्ना छोरा निर्भीक चित्रकार खनाललाई संगठनमा अगाडि बढाउन सञ्जीव राईलाई समानान्तर समिति बनाउन निर्देशन दिएको दाबी गरेको छ। उनीहरूले सञ्जीव राईलाई समानान्तर समितिको सह–संयोजक र निर्भीक खनाललाई उपाध्यक्ष बनाएको बताएका छन्। साथै, राई र खनाल ठेक्का–पट्टाको व्यवसायमा साझेदार भएको आरोपसमेत लगाइएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण