रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत
सारांश
- अमेरिकाले भारतलाई रुसबाट सस्तो तेल किनेर नाफा कमाएको आरोप लगाएको छ।
- अमेरिकी अर्थमन्त्रीका अनुसार भारतले रुसी तेल किनेर १६ अर्ब डलर कमाएको छ।
- रुस-युक्रेन युद्धपछि भारतले रुसबाट तेल आयात बढाएको छ, जसका कारण अमेरिकाले भन्सार महसुल बढाउने निर्णय गरेको छ।
वासिङ्टन डीसी । भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाइरहेको आरोप अमेरिकाले लगाएको छ ।
मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो आरोप लगाएका हुन् । रुसको कच्चा तेल किन्न बन्द नगरेको भन्दै ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा अमेरिकी भन्सार महसुल बढाएर ५० प्रतिशतमा पुर्याउने निर्णय गरेकै समयमा बेसान्टको यो टिप्पणी आएको हो ।
अगस्ट २७ देखि लागू हुने गरी रुसी तेल खरिद गरेको मामिलामा अमेरिका भित्रिने भारतीय सामानमा २५ प्रतिशतको भन्सार महसुल लाग्नेछ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, समाचार च्यानल सीएनबीसीमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डको बारेमा सोधिएको प्रश्नको जवाफमा बेसेन्ट माथिको प्रतिक्रिया दिएका हुन् ।
रुस–युक्रेन युद्ध पछि रुसबाट चीनको तेल आयात ३ प्रतिशतले मात्रै बढेको छर भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको बेसान्टले बताए । ‘भारतले नाफा कमाउने मात्र काम गरिरहेको छ । यसबाट उसले १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ । भारतका केही धनी परिवारहरूले यसबाट लाभ उठाएका छन् ।’ उनले भने ।
युद्ध सुरु भएदेखि नै भारतको यो व्यापार चलिरहेको अनि यो पूर्ण रूपमा अस्वीकार्य भएकोमा पनि उनले जोड दिए ट्रम्प र पुटिन बिचको वार्तामा कुनै सहमति नभएमा रुसी तेल खरिदमा भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने ।
उनले ब्लूमबर्गलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए । भारतले शुल्क लगाउने अमेरिकी कदमलाई अनुचित भन्दै आएको छ । आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि आवश्यक सबै कदम चाल्ने पनि उसले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण