ट्रक र भ्यानको लभ स्टोरी
सारांश
- इस्टोनियामा मेसिनहरूद्वारा विलियम शेक्सपियरको 'रोमियो र जुलियट' नाटक मञ्चन गरियो।
- नाटकमा ट्रकले रोमियो र रातो पिकअप भ्यानले जुलियटको भूमिका निभाएका थिए।
- यो नाटक दर्शकहरूले मन पराए, जसले मेसिनहरूको अभिनयलाई हृदयस्पर्शी र भावुक माने।
काठमाडौँ । युरोपेली देश इस्टोनियामा एउटा अनौठो नाटक भएको छ । यस नाटकका कलाकारहरू मानिस थिएनन् । यस नाटकका पात्रहरू ठुला ठुला मेसिनहरू थिए । यसमा विलियम सेक्सपियरको ‘रोमियो र जुलियट’ लाई देखाइएको थियो । नाटक इस्टोनियाको ‘किनोथिएटर’ले प्रस्तुत गरेको थियो ।
नाटक एउटा अहिले प्रयोगमा नआउने एक खानीको पृष्ठभूमिमा मञ्चन गरिएको थियो । नाटकमा एउटा ट्रकले रोमियोको भूमिका निर्वाह गरेको थियो । जुलियट रातो पिकअप भ्यानलाई बनाइएको थियो ।
शत्रुहरू बिचको लडाई दुई खन्ने मेसिनहरूले आफ्ना ठुला पन्जाहरू हल्लाएर देखाएका थिए । नाटक मञ्चन गर्न दश जना चालक, दुई मेकानिक्स, एक जना प्योरोटेक्निक्स विज्ञ र एक जना एक्जाभेटर चलाउने मान्छे चाहिएको थियो ।
‘यो एउटा प्रयोग हो’ नाटकका सहनिर्देशक पाभो पिकले भने । निर्माण कार्यमा प्रयोग हुने ठुला सवारी साधनले माया र कविता जस्तो शक्तिशाली भावनाहरू देखाउन सक्छन् कि सक्दैनन् भनेर आफूहरूले हेर्न खोजेको पिकले बताए ।
दर्शकहरूलाई यो नाटक धेरै मन परेको बताइएको छ । नाटकका पात्र सवारी साधन भए पनि यिनीहरू अभिनय हेर्दा साँच्चै प्यारो र मायालु देखिएको नाटक हेर्न आएका एक दर्शकले भने । अन्य दर्शकले पनि यसलाई हृदयस्पर्शी, इमानदार र भावुक बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण