बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

यसरी मनायो कर्णालीले स्थापना तथा सहिद दिवस (तस्बिरहरू)

बुधबार, ०४ भदौ २०८२, १२ : २४
बुधबार, ०४ भदौ २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले बुधबार स्थापना दिवस मनायो, विभिन्न कार्यक्रमको आयोजना गर्दै।
  • स्थापना दिवसको अवसरमा शहीदको सम्झना गरियो र पत्रकारहरूलाई पुरस्कार वितरण गरियो।
  • कार्यक्रममा प्रदेश प्रमुख, विपक्षी दलका नेता र मुख्यमन्त्री लगायतका व्यक्तिहरूको उपस्थिति थियो, र प्रदेशको विकासबारे छलफल भयो।

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर सरकारले बुधबार स्थापना तथा सहिद दिवस मनाएको हो । 

बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि गरियो । 

त्यसपछि प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो । 

karnali pradesh istapana diwash (2)

लगातारको आन्दोलन, चौतर्फी दबाब र चार नागरिकको बलिदानले ०७२ भदौ ४ गते ६ प्रदेशको खाकालाई परिमार्जन गर्दै ७ प्रदेशको नयाँ प्रस्तावसँगै कर्णाली प्रदेश कान्छो प्रदेशका रूपमा जन्मिएको थियो । प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले साहदत प्राप्त गरेका थिए ।

karnali pradesh istapana diwash (3)

सोही दिनलाई प्रदेश सरकारले स्थापना दिवसको रूपमा मनाउने गरेको छ । बुधबारको कार्यक्रममा ७ जना पत्रकारहरूलाई पुरस्कार वितरण गरिएको छ । 

कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, सबै दलका सांसद, पूर्व मुख्यमन्त्री, कर्मचारी तथा सरोकारवाला सबैको उपस्थित रहेको थियो ।

karnali pradesh istapana diwash (4)

प्रदेश प्रमुख यज्ञराज जोशीले आन्दोलनबाट जन्मिएको प्रदेश भएको हुँदा जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्ष दलका नेता राजकुमार शर्माले प्रदेश ‘सन्दुक र बन्दुक’ बिनाको रहेको बताए । ‘जसका कारण कतिपय कुराहरू अझै संविधानको मर्म अनुसार अघि बढेका छैनन्,’ उनले भने ।

karnali pradesh istapana diwash (5)

यस्तै, सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कान्छो प्रदेश भन्नाले सबै हिसाबले पछि परेको कर्णालीका रूपमा बुझ्न नहुने बताए ।

‘हामी सबै कुरामा अब्बल छौँ,’ उनले भने, ‘यसलाई बनाउनका लागि सबै क्षेत्र तथा निकाय र सरोकारवाला एकजुट हुनुपर्ने छ ।’

karnali pradesh istapana diwash (16)

मुख्यमन्त्री यामलाल कँडेलले सबैको साझा सहकार्यकाबिच आगामी दिनमा कर्णालीलाई जनताले चाहेअनुसार विकास गर्न सकिने बताए ।

‘हामी जो जहाँ र जुन क्षेत्रमा छौँ, त्यहाँबाट नै सहकार्य, समन्वयको भूमिकाबाट प्रदेश बनाउन जुट्नुपर्छ,’ उनले भने, ‘यसरी मात्रै कर्णालीलाई माथि उठाउन सकिन्छ ।’

karnali pradesh istapana diwash (6)karnali pradesh istapana diwash (7)karnali pradesh istapana diwash (8)karnali pradesh istapana diwash (9)karnali pradesh istapana diwash (10)karnali pradesh istapana diwash (11)karnali pradesh istapana diwash (12)karnali pradesh istapana diwash (13)karnali pradesh istapana diwash (14)karnali pradesh istapana diwash (15)karnali pradesh istapana diwash (17)karnali pradesh istapana diwash (18)karnali pradesh istapana diwash (19)karnali pradesh istapana diwash (20)

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप