नेपालद्वारा मेलबर्नसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलाको पाँचौ खेलमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन जोडेका हो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानमा मैदानमा उत्रेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, नेपालको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा नै १ रन बनाएर कुशल भुर्तेल पभेलियन फर्किए ।
चौथो ओभरमा आरिफ शेख १२ रन बनाउँदै फर्गुस ओनिलको बलमा क्याचआउट हुन पुगे । लगत्तै ओपनिङमा आएका भीम सार्की पनि आउट भए । उनले १२ बलमा १७ बनाउँदा २ चौका प्रहार गरे ।
त्यसपछि, कुशल मल्ल र कप्तान ऐरीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । मल्ल १२ औँ ओभरमा २२ बलमा २९ रन बनाउँदै लाचलान ब्याङ्सको शिकार बने । उनले १ चौका र १ छक्का प्रहार गरे ।
गुल्सन झा र सोमपाल कामी लामो टिक्न सकेनन् । उनीहरू क्रमशः २ र शून्य रन बनाउँदै पभेलियन फर्किए । नेपालको स्कोर १ सय रन पुग्ने बित्तिकै कप्तान ऐरी पनि आउट हुन पुगे । उनले २८ बलमा २७ रन जोडे । उनले २ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २४ रनको योगदान दिए । उनले १ चौका र २ छक्का हिर्काए । रुपेश सिंहले १६ रन जोडे ।
मेलबर्नका लागि माइकल र्आचर, फर्गुस ओ निल, क्यालम स्टो र लाचलान ब्याङग्सले २–२ विकेट लिए ।
नेपालले हालसम्म खेलिएका ४ खेलमध्ये एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो । योसँगै नेपालको तीन खेलको हारको शृङ्खला रोकिएको थियो ।
नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले स्तब्ध बन्यो भने पछिल्लो खेलमा मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हार्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण