संसद् बैठक
कुवेतमा मृत्यु भएका र बिरामी भएका कामदारबारे जानकारी गराउन माओवादी सांसद शर्माको माग
बुधबार, ०४ भदौ २०८२, १४ : २०
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको मृत्युबारे संसदमा जानकारी गराउन माग गरे।
- सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट नेपाली कामदारको मृत्यु भएको र बिरामी भएको जानकारी गराए।
- उनले सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै समाधान खोज्न आग्रह गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्मा जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको जानकारी आएकाले यसबारे सत्य तथ्य जानकारी गराउन सभामुखमार्फत सरकारलाई माग गरेका हुन् ।
शर्माले जनतामा प्रकट भइरहेको ठुलो असन्तुष्टि चुनौती बन्दै गइरहेको बताए । उनले भने– ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ। यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’
उनले सरकारले जनअपेक्षित काम गर्न नसकेकाले प्रश्न उठेको बताउँदै त्यसको समाधान गर्ने पहल कदमी लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण