मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

बुधबार, ०४ भदौ २०८२, १४ : ४५
बुधबार, ०४ भदौ २०८२

सारांश

  • कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइयो, दूतावासले जनायो।
  • विषाक्त मदिरा सेवनबाट १२ जनाको मृत्यु भएको र १५ जना अस्पतालमा उपचाररत छन्।
  • कुवेतमा मदिरा प्रतिबन्धित भए पनि लुकिछिपी बिक्री हुँदा नेपाली प्रभावित भए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ । 

नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको उनको भनाइ छ । उनले अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा छन् । 

कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा नेपाली प्रभावित भएका हुन् । उक्त घटनामा केही नेपाली पक्राउ समेत परेको समाचारमा जनाइएको छ । यद्यपि दूतावासले आफूहरूले यसबारे बुझिरहेको भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ । 

आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यहाँ नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका थिए ।   कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप