कराँचीमा वर्षासँग सम्बन्धित दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु
सारांश
- कराँचीमा वर्षासँग सम्बन्धित दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
- भारी वर्षापछि सिन्ध सरकारले कराँचीमा बिदा घोषणा गरेको छ ।
- मौसम विभागका अनुसार सिन्ध र बलुचिस्तानमा भारी वर्षा र बाढी आउने सम्भावना छ ।
इस्लामावाद । पाकिस्तानको कराँची सहरमा वर्षासँग सम्बन्धित दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । सर्जन डा.सामिया सैयदका अनुसार पर्खाल भत्किएर थिचिँदा, बिजुलीको झट्का लागेर अनि नालीमा खसेर यी व्यक्तिहरूको मृत्यु भएको हो ।
मंगलबार भारी वर्षा भएपछि सिन्ध सरकारले बुधबार कराँचीमा बिदा घोषणा गरेको छ । पाकिस्तानको मौसम विभागले बुधबार पनि भारी वर्षा हुने चेतावनी दिएको छ ।
रातमा पानी निकासको कामको अनुगमन गर्न गस्ती गरिएको मुख्यमन्त्री मुराद अली शाह र कराँचीका मेयर मुर्तजा वहाबले बताए । मुसलधारे वर्षा भएपछि मालिर नदीमा पानीको तीव्र बहावका कारण कोरंगी कजवे बन्द गरिएको बताइएको छ ।
पाकिस्तानको मौसम विभागका अनुसार अरब सागर र बङ्गालको खाडीबाट मनसुन हावा देशका अधिकांश भागहरूमा, विशेष गरी दक्षिणी क्षेत्रहरूमा लगातार प्रवेश गरिरहेको छ ।
यसका कारण सिन्ध र बलुचिस्तानमा आगामी दुई दिन भारी वर्षा हुने र बाढी आउने सम्भावना रहेको बताइएको छ । मौसम विभागका अनुसार सिन्ध, कराँची, हैदरावाद, मिठी, थारपारकर, उमरकोट, मिरपुरखासलगायत धेरै क्षेत्रमा तीव्र हावा र मेघ गर्जनसहित वर्षा र मुसलधारे वर्षा हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण