होन्डुरस र युगान्डासँग अमेरिकाले गर्यो ‘डिपोर्टेशन’ सन्धि
सारांश
- अमेरिकाले होन्डुरस र युगान्डासँग डिपोर्टेशन सन्धि गरेको छ।
- युगान्डाले अमेरिका-मेक्सिको सीमामा आश्रय दाबी गरेका आप्रवासी लैजाने सहमति जनाएको छ।
- मानवअधिकारकर्मीहरूले आप्रवासीहरूले स्वदेश फर्किंदा जोखिम सामना गर्ने भन्दै यस नीतिको आलोचना गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकाले होन्डुरस र युगान्डासँग द्विपक्षीय डिपोर्टेशन सन्धि गरेको छ । अवैध आप्रवासीहरूमाथि कारबाही तीव्र पारिएकै समयमा सो सम्झौता भएको आफ्नो अमेरिकी पार्टनर सीबीएसले प्राप्त गरेको दस्ताबेजले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युगान्डाले अमेरिका–मेक्सिको सीमामा आश्रय दाबी गरेर बसिरहेका अफ्रिकी र एसियाली आप्रवासी लैजान सहमति गरेको छ । यसरी लैजाने आप्रवासीको सङ्ख्या भने स्पष्ट छैन ।
होन्डुरसले पनि स्पेनी भाषा बोल्ने देशबाट आएर डिपोर्ट हुन लागेका आप्रवासीलाई लिने बताइएको छ । मानवअधिकार अभियन्ताहरूले यो नीतिको आलोचना गरेका छन् । आफ्नो देशमा फर्किदा आप्रवासीहरूले जोखिमको सामना गर्ने उनीहरूको भनाइ छ ।
सम्झौता अन्तर्गत युगान्डाले आपराधिक इतिहास नभएका आप्रवासी लैजान सहमति जनाएको छ । उसले कुन कुन देशका आप्रवासी लिन्छ भनेर खुलाइएको छैन । होन्डुरसले पनि दुई वर्षको अवधिमा आप्रवासी राखिदिन्छु भनेको छ । यसमा बालबालिकासहित आएका परिवार पनि पर्नेछन् ।
यसले अझ धेरै आप्रवासी स्वीकार गर्ने दस्ताबेजले देखाएको छ । अन्य महाद्विपमा रहेका देशहरूसँग डिपोर्टेशन सम्झौतामा जोड दिने ट्रम्प प्रशासनको प्रयासअन्तर्गत यी दुई सम्झौता भएका हुन् । अहिलेसम्म कम्तीमा एक दर्जन देशले अन्य देशबाट आएका आप्रवासीलाई अमेरिकाबाट आफ्नो देशमा लैजाने यो सम्झौतामा सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण