नेमकिपाद्वारा विद्यार्थी सङ्गठनको केन्द्रीय सम्मेलन तयारी समिति विघटन, नयाँ समिति बनाउने निर्णय
बुधबार, ०४ भदौ २०८२, २३ : ०२
सारांश
- नेमकिपाले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १४औँ केन्द्रीय सम्मेलनको तयारी समिति विघटन गरेको छ।
- पार्टी अध्यक्षको अध्यक्षतामा बसेको बैठकले तयारी समितिले काम नगरेको ठहर गरेको हो।
- विद्यार्थीहरूको सहभागितामा नयाँ सम्मेलन तयारी समिति गठन गर्ने निर्णय भएको छ।
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १४औँ केन्द्रीय सम्मेलन तयारी समितिलाई विघटन गरेको छ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा २०८२ भदौ ३ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रकाश गुरुङको अध्यक्षतामा रहेको तयारी समितिले सक्रियतापूर्वक काम नगरेको ठहर गर्दै समिति विघटन गर्ने निर्णय गरेको हो।
बैठकले विद्यार्थीहरूको सहभागितामा कक्षा सञ्चालन गरी नयाँ सम्मेलन तयारी समिति गठन गर्ने निर्णय पनि गरेको सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण