भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाए : क्रान्तिकारी कम्युनिस्ट पार्टी
बिहीबार, ०५ भदौ २०८२, ०८ : ३९
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएको छ।
- पार्टीले कालापानी र लिपुलेक हुँदै व्यापार मार्ग विस्तार गर्ने चीन र भारतको सहमतिलाई नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भनेको छ।
- पार्टीले सरकारलाई दबाब दिन र यसको विरुद्ध आवाज उठाउन देशभक्त नेपालीहरूलाई आह्वान गरेको छ।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छ– नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाललाई पुरै बेवास्ता गरी नेपाली भूभागबाट व्यापारमार्ग खोल्ने भारत र चीनको यो निर्णय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताप्रतिको ठाडो हस्तक्षेप हो ।
यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिन सो पार्टीले पार्टी सम्पूर्ण देशभक्त नेपालीप्रति आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण