त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा, तस्बिरहरू
सारांश
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ।
- बीकेओआई-केसीडिसी-बीजी जेभीले फाल्गुन १९ गते सम्झौता गरी निर्माण थालेको थियो।
- मैदानमा १० हजार दर्शक क्षमता रहनेछ, जसमा पूर्वी खण्डमा २२९० र पश्चिम खण्डमा ७७१० कुर्सी राखिएको छ।
काठमाडौँ । राजधानीको कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए ।
४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलले निर्माण अधिकांश काम सकिएको र अब सरसफाइ, रेलिङ फिटिङ जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।
१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।
फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको छ । अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने जनाइएको छ ।
_rPfg6fViei.jpg)
_fxwcRItxL5.jpg)
_5nVQNo0vuw.jpg)
_1N0OIGfQDZ.jpg)
_Agiujme36B.jpg)
_6zqyntfx79.jpg)
_YWV10kXZLH.jpg)
_zOu6ejkijX.jpg)
_ewMs5K63jG.jpg)
_ksMiuTLbDi.jpg)
_HynYrWYsjs.jpg)
_eSzdlMn70U.jpg)
_IYPF7DxLVW.jpg)
_k4ocOlCv59.jpg)
_YhDPJqwJtm.jpg)
_6AatgTltDA.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण