क्यालिफोनिर्याका बासिन्दामा देखियो प्लेगको सङ्क्रमण
सारांश
- क्यालिफोर्नियामा एक व्यक्तिलाई प्लेगको सङ्क्रमण पुष्टि भएको छ।
- साउथ लेक ताहोए क्षेत्रमा क्याम्पिङका क्रममा प्लेग सङ्क्रमित झिँगाले टोकेको हुन सक्ने अनुमान छ।
- स्वास्थ्य अधिकारीहरूले जंगली मुसा पाइने ठाउँहरूमा सावधानी अपनाउन आग्रह गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोनिर्या राज्यको लेक ताहोएमा बस्ने एक बासिन्दामा प्लेगको सङ्क्रमण पूष्टि भएको छ । मंगलबार क्यालिफोनिर्याका स्वास्थ्य अधिकारीहरूले यो कुरा बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
साउथ लेक ताहोए क्षेत्रमा क्याम्पिङ गरिरहेको समयमा प्लेग सङ्क्रमित झिँगाले छोकेर ती व्यक्तिलाई प्लेग सरेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । बिरामीले घरमै स्वास्थ्य लाभ गरिरहेको अनि उनलाई अहिले स्वास्थ्यकर्मीको हेरचाहमा छाडिएको एल दोराडो काउन्टीका अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए ।
एल दोराडो काउन्टीको उच्च क्षेत्रसमेत क्यालिफोनिर्याको कयौं क्षेत्रमा अहिले पनि प्लेग प्राकृतिक रुपमा रहेको एल दोराडो काउन्टीका कायममुकायम जनस्वास्थ्य निर्देशक काइल फ्लिफ्लेटले बताए ।
आफू र आफ्नो घरपालुवा जनावर घरबाहिर भएको समयमा मानिसहरूले सावधानी अपनाउन जरुरी भएको पनि उनले बताए । खास गरेर जंगली मुसा पाइने ठाउँहरूमा बाहिर डुल्दा, हाइकिङका लागि जाँदा वा क्याम्पिङका लागि गएको समयमा विशेष सावधानी अपनाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण