प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह: राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्
सारांश
- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले लिपुलेक लगायतका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरे।
- उनले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।
- शाहीले चीन र भारतबीच लिपुलेक र लिम्पियाधुरालाई समेटेर भएको सम्झौताप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको वर्तमान भूराजनीतिक अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्रमा देखिएका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
शाहीले आफ्नो सन्देशमा भनेका छन्, "हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भुमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अङ्ग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो।" उनले इतिहासको स्मरण गराउँदै नेपालको सिमानाको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन्।
उनले हालै नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबिच भएको सम्झौताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। शाहीका अनुसार यो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
"यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन," शाहीले आफ्नो भनाइमा थप जोड दिएका छन्। उनले प्रधानमन्त्रीलाई तत्काल पहलकदमी लिन र सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न सङ्घसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न हार्दिक अनुरोध गरेका छन्।
शाहीले अन्तमा भनेका छन्, "राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका लागि सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ।" उनको यो आग्रहले देशको सीमा सुरक्षा र राष्ट्रियताको विषयमा सबै दल र नागरिकबिच साझा धारणा बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण