अपडेट
लिपुलेकबारे भारत–चीनबिच सम्झौतापछि माओवादीले माग्यो सरकारको धारणा
बिहीबार, ०५ भदौ २०८२, १३ : ३१
सारांश
- माओवादी केन्द्रले लिपुलेक र कालापानीबारे भारत र चीनबीचको सम्झौताको जानकारी माग गरेको छ।
- माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सम्झौताले नेपाललाई दुःखी बनाएको बताए।
- पाण्डेले सार्वभौमिकताको विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्ने बताए।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीच भएको उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे।
पाण्डेले राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने उल्लेख गर्दै भने, 'देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नुहुँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण