अपडेट
भारत र चीनबिचको सहमति अस्वीकार्य : कांग्रेस
बिहीबार, ०५ भदौ २०८२, १४ : ०१
सारांश
- नेपाली कांग्रेसले भारत र चीनबीचको सम्झौता अस्वीकार्य रहेको जनाएको छ।
- कांग्रेस महामन्त्री गगन थापाले दुई देशबीचको सहमति अस्वीकार्य रहेको बताए।
- थापाले नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताको विरुद्धमा दलहरू एकजुट हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बताए । ‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले भने ।
उनले दुई देशबिच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताए ।
‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण