नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच सम्झौता
बिहीबार, ०५ भदौ २०८२, १७ : २७
काठमाडौँ । नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला, बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा ५ देखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
२०८२ साल भदौ २ गते भएको सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए।
नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्ना कर्मचारी र ग्राहकलाई थप सुविधामुखी सेवामा जोड दिँदै यस्ता सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण