डेढ करोड ऋण दिएर २८ महिनामा असुले ५ करोड
सारांश
- सिन्धुपाल्चोकका कविराज कटुवाललाई मिटरब्याज धन्दा चलाएको आरोपमा ललितपुर प्रहरीले पक्राउ गरेको छ।
- कटुवालले एक युवकलाई १ करोड ४० लाख ऋण दिएर ४ करोड ८६ लाख असुलेको र थप रकम मागिरहेको आरोप छ।
- प्रहरीले कटुवाललाई ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ र ८ जनाको खाता प्रयोग भएको फेला पारेको छ।
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।
भदौ ३ मा साँझ प्रहरीले उनलाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेर ललितपुर ल्याएको हो । चार वर्षअघि बौद्धमा रेडिमेड कपडा र जुत्ताको व्यापार गर्ने युवकसँग उनको चिनजान हुन्छ । प्रधानमन्त्री, गृहमन्त्री र राज्यको उच्च ओहदाका भीआईपीहरूसँग फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने कटुवालसँग ती युवकले व्यापार चलाउन केही रकम खाँचो परेको सुनाउँछन् । ब्याज तिनुपर्ने सर्तमा कटुवालले उनलाई २०८० वैशाखमा पटक–पटक गरेर १ करोड ४० लाख रुपैयाँ ऋण दिए । त्यही ऋणले ती युवक 'सडकमा आएका' छन् ।
ऋण फिर्ता गर्ने नाममा युवकले ४ करोड ८६ लाख ९३ हजार कटुवाललाई बुझाइसकेको दाबी गरेका छन्। तर, कटुवालले अझै रकम फिर्ता माग्दै साउन २२ मा युवकले चढ्ने गरेको बा२०च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरे । युवकले आफ्नो जाहेरीमा भनेका छन्, ‘ललितपुरको लबिम मलबाट गाडी कब्जा गरे, धम्की दिएर ५ लाख ५० हजारको चेक पनि लिएका छन् ।’
कटुवालविरुद्ध प्रहरीले अनुचित लेनदेन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपीका अनुसार उनलाई पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
कटुवालले पीडितसँग ६० लाख रकम नगदै असुलेका थिए । ललितपुर महानगरपालिका–४ धोबीघाटमा लगेर आफूले नगद ६० लाख रुपैयाँ बुझाएको जाहेरवालाले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । अरू रकमचाहिँ कटुवालले आफू र आफ्ना मान्छेहरूको खातामा हाल्न लगाएका थिए ।
मिटरब्याज असुल्न ८ जनाको खाता प्रयोग भएको भेटिएको छ ।
कटुवालको एभरेष्ट बैंकको खातामा १ करोड १३ लाख ६० हजार र कुमारी बैंकको खातामा ५८ लाख रकम पीडितले डिपोजिट गरेको जिकिर गरेका छन् । त्यस्तै कटुवालले भनेअनुसार पशुपति कटुवाल क्षत्रीको नाममा गरिमा विकास बैंकको खातामा १८ लाख ३० हजार र एभरेष्ट बैंकमा १४ लाख ५० हजार रकम डिपोजिट गरेको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
जाहेरवालाले मन्जु भण्डारीको नामको सिद्धार्थ बैँकको खातामा १४ लाख २५ हजार, भीमराज गिरीको खातामा ७२ लाख ८० हजार, शिवमाया गिरीको खातामा ५ लाख ५० हजार, शरद प्रताप सिंहको बैंक खातामा ३ लाख २० हजार र सलिना कटुवालको सिद्धार्थ बैंक खातामा १४ लाख ५० हजार तथा एभरेष्ट बैंकको खातामा १३ लाख ६० हजार डिपोजिट गरेका छन् ।
त्यस्तै, विक्रम सिंह गुरुङको खातामा १५ लाख र तिलकराम राईको खातामा ८ लाख ६० हजार डिपोजिट गरेको उनले दाबी गरेका छन् । सो रकम मोबाइल बैंकिङ, आईपीएस र आरटीजीएस प्रणालीमार्फत डिपोजिट गरेको पीडितले दाबी गरेका छन् ।
साउन २७ मा ललितपुर प्रहरीमा दिएको जाहेरीमा उनले भनेका छन्, ‘मैले कुल ४ करोड ८६ लाख ९३ हजार कविराज र उनले भनेका मानिसहरूलाई रकम फिर्ता गरेको छु ।’ २०२३ देखि २०२५ सम्ममा करिब ५ करोड फिर्ता गर्दा पनि अझै धम्की दिएर रकम माग्ने गरेको पीडितले बताएका छन् ।
तर, आरोपी कटुवालले त्यसरी बैंक खातामा रकम डिपोजिट गरेको आफूलाई थाहा नभएको बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मेरो खातामा र मैले भनेका मान्छेहरूलाई रकम फिर्ता गरको मलाई थाहा भएन ।’
यो पनि पढ्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण