सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ
रौतहट । सर्लाही प्रहरीले २० किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो ।
प्रहरी चौकी हरिपुर्वाबाट असई शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रविन्द्र कार्कीको कमाण्डमा ११ जना तथा इलाका प्रहरी कार्यालय केशरगंजबाट इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा ११ जना सहितको संयुक्त टोली खटिएर खानतलासी गरेको थियो ।
खानतलासीको क्रममा घरको छतमा लुकाई छिपाई राखिएको करिब २० किलो ३४० ग्राम लागुऔषध गाँजा फेला परेपछि सो घरधनी रुपेश साह (४५ वर्ष) र उनकी श्रीमती प्रतिमा कुमारी साह (३५ वर्ष) लाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता सरोज कुमार राईले बताए ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण