पदक विजेता खेलाडीलाई बेथानचोकले गर्यो १/१ लाख नगदसहित सम्मान
मकवानपुर । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई काभ्रेपलाञ्चाेककाे बेथानचोक गाउँपालिकाले नगद १/१ लाख रुपैयाँ सहित सम्मान गरेको छ । गाउँपालिकाले तेक्क्वाण्डो खेलाडीद्वय विष्णु खत्री र रमिला लामालाई एक कार्यक्रमबिच सम्मान गरेको हो ।
दुवै खेलाडी गाउँपालिकाको वडा नम्बर–५ निवासी हुन् । तेक्वाण्डोका रेफ्रि समेत रहेका खेलाडी विष्णु खत्रीले थाइल्याण्डमा यही महिना सम्पन्न आठौँ हिरोज तेक्वाण्डो इन्टरनेशनल च्याम्पियनशिपमा ४० वर्ष मुनीको उमेर समूह पुम्सेमा स्वर्ण पदक तथा पुरुष ७० केजी तौल समूहमा रजत पदक जितेका थिए ।
यस्तै नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा सम्पन्न देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वाण्डो च्याम्पियनसिपको पुमसे काताको ३० वर्ष मुनीको उमेर समूह अन्र्तगत सङ्नाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनशिप २०२५ मा स्वर्ण पदक जितेकी थिइन् । दक्षिण कोरियामै सम्पन्न दशौं खुल्ला एम.वि.सी कप इन्टरनेशनल तेक्वाण्डो च्याम्पियनशिप २०२५ को सिनियरतर्फ ३० वर्ष मुनिको अन्तर्राष्ट्रिय स्पर्धामा रजत पदक हासिल गरेकी थिइन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुदका माध्यमबाट गाउँपालिकाको शिर उच्च बनाएकोमा खेलाडीहरूलाई बधाई व्यक्त गरे ।
उनले सभ्य समाज र सभ्य संस्कारमा हुर्केको प्रतिभाको जहाँ पुगे पनि देश र माटोका लागि केही गर्न सक्छन् भन्ने सावित भएको बताए । गाउँपालिकाले युवा लक्षित विविध गतिविधि गरिरहेकाले गाउँपालिकाले ल्याएका योजनाहरूमा केन्द्रित रहन उनको आग्रह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण