शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जामन्त्री खड्काद्वारा ढल्केबर सवस्टेशनको निरीक्षण

शुक्रबार, ०६ भदौ २०८२, ०० : ००
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सबस्टेशनको निरीक्षण गरेका छन्।
  • मन्त्री खड्काले अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारे जानकारी लिएर कार्यक्षमता सुधारका लागि निर्देशन दिए।
  • उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न निर्देशन दिए।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् ।

बिहीबार धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठुलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिएका थिए ।

ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए ।

उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।

निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डललगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप