बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको चौथो स्थापना दिवस भदौ ९ मा, देशभर कार्यक्रम हुने

शुक्रबार, ०६ भदौ २०८२, ०४ : ३१
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस मनाउने भएको छ।
  • पार्टीले सरसफाइ, वृक्षारोपण, रक्तदान, अन्तरक्रियालगायत कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।
  • काठमाडौंमा हुने केन्द्रीय कार्यक्रममा विभिन्न दलका नेतालाई निमन्त्रणा दिइनेछ, जसमा अध्यक्ष नेपालको प्रस्तुति रहनेछ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आउँदो भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।

पार्टीले मातहतका सबै जिल्ला कमिटी, प्रदेश, स्थानीय तहका सङ्गठन र जनवर्गीय संस्थालाई दिवसको अवसरमा सरसफाइ, वृक्षारोपण, रक्तदान, अन्तरक्रिया, स्मारिका विमोचन र शुभकामना आदानप्रदानलगायत कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार विदेशस्थित सङ्गठनलाई समेत दिवस मनाउन आह्वान गरिएको छ।

यस अवसरमा काठमाडौँमा हुने केन्द्रीय कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ। कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन्। त्यस्तै शीर्ष नेताहरूले वामपन्थी ध्रुवीकरण, वैचारिक विचलन र मुलुकको राजनीतिक अवस्थाबारे समीक्षा गर्ने जनाइएको छ।

नेपालमा कम्युनिस्ट आन्दोलन २००६ सालमा कोलकातामा सुरु भएको भए पनि, विभिन्न कारणले विभाजन हुँदै आएको छ। तत्कालीन नेकपा ९एमाले० सँग वैचारिक मतभेद भएपछि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यसहित २०७८ साल भदौ ९ गते नेकपा ९एकीकृत समाजवादी० स्थापना भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप