वामदेवका पूर्वसहकर्मी अर्यालसहितका नेता एकीकृत समाजवादीमा समाहित हुने
शुक्रबार, ०६ भदौ २०८२, ०९ : २९
सारांश
- विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका महेन्द्र अर्यालसहितका नेताहरू एकीकृत समाजवादीमा समाहित हुने भएका छन्।
- अर्याल वामदेव गौतम नेतृत्वको अभियानबाट अलग्गिएका थिए, तर गौतम एकीकृत समाजवादीमा आएपछि उनीहरू पनि सोही पार्टीमा समाहित हुन लागेका हुन्।
- एकीकृत समाजवादीले शुक्रबार विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नेछ।
काठमाडौँ । विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका महेन्द्र अर्यालसहितका नेताहरू एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
यसअघि वामदेव गौतम नेतृत्वको अभियानमा रहेका अर्यालसहितका नेताहरू २०८१ माघमा वामदेव एमाले प्रवेश गर्न लागेको भन्दै अभियानबाट अलग्गिएका थिए । अर्याल वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका त्यसवेला लुम्बिनी प्रदेश इन्चार्ज रहेका थिए ।
गौतमलाई एमालेले वास्ता नगरेपछि पुन उनीपनि एकीकृत समाजवादीमा आएसँगै अर्यालसहितका नेता कार्यकर्ता सोही पार्टीमा समाहित हुन लागेका हुन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका नेता कार्यकर्तालाई शुक्रबार पार्टीमा स्वागत गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण