यस्तो छ नाजिर अभिनीत ‘गुन्यु चोलो’ गीत
सारांश
- चलचित्र 'गुन्यु चोलो : द ड्रेस' को थिम गीत सार्वजनिक गरिएको छ, जसले लैङ्गिक पहिचानको मुद्दालाई उजागर गर्छ।
- गीतले तेस्रोलिंगी व्यक्तिहरूले समाजमा भोग्नुपरेको विभेद र उनीहरूको संघर्षलाई चित्रण गरेको छ।
- 'गुन्यु चोलो : द ड्रेस' भदौ १३ गते रिलिज हुनेछ, जसमा नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन्।
काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को थिम गीत सार्वजनिक गरिएको छ । गीतमा लेखु सहयात्रीको रचना, समुन्द्र भट्ट र रेखा पन्तको शब्द, केतन क्षेत्रको स्वर छ । गीतले लैङ्गिक पहिचानकै कारण मान्छेको दर्जा नपाउने गरेको कारुणिक यथार्थ समेटेको छ । तेस्रोलिंगीलाई मान्छेको रूपमा स्वीकार नगर्ने समाजको चित्रण गीतमा छ ।
एउटै आमाको कोखबाट जन्मिएको सन्तान तेस्रोलिंगी भएको थाहा पाएपछि फरक ग्रहबाट आएको झैँ गर्ने चलन रहेको समाजबारे उल्लेख गरिएको गीतमा तेस्रोलिंगीले मानवको रूपमा व्यवहार गरिदिन गरेको सङ्घर्ष छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्रमा लैङ्गिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको समेत अभिनय छ ।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण