नेपालको सहमतिबिना लिपुलेक व्यापार सम्झौता भएकोमा नेसपा(नयाँ शक्ति)को आपत्ति
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले भारत र चीनबिच भदौ ३ गते नेपालको पूर्वसहमतिबीना लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने सम्झौताको आपत्ति जनाएको छ । शुक्रबार नयाँ शक्तिले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
‘भारत र चीनले भाद्र ३ गते नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको निर्णयप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको, जसको तत्कालीन समयमा नेपाल सरकारले कूटनीतिक असहमति प्रकट गर्दै दुवै मुलुकलाई सच्याउन औपचारिक नोट पठाएको तर दुःखको कुरा, नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान भएको बताएको छ ।
नयाँ शक्तिले यो एकपक्षीय कदमलाई अस्वीकार गर्ने र यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेरेको विज्ञप्तिमा लेखिएको छ । यससँगै नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको हाम्रो ठहर गरेको छ।
‘हाम्रो पार्टी यस मामलामा जोड दिन चाहन्छ कि, सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत–चीन–नेपालबिच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण