बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
सारांश
- म्याग्दी खण्डमा पहिरो जाँदा बेनी-जोमसोम सडक अवरुद्ध भएको छ, जसले गर्दा यातायात सेवा बन्द भएको छ।
- बेनी-दरबाङ सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ, जसले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाहरूमा असर गरेको छ।
- सडक विभाग र पूर्वाधार विकास कार्यालयले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरिरहेका छन्, जसले गर्दा जनजीवन प्रभावित भएको छ।
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।
रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए।
सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण